काठमाडौँ – चलचित्र ‘आमा’ मा जीवन्त अभिनयको कारण सबैको मन जित्न सफल अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको गीत ‘आमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका अन्जु पन्तको स्वर रहेको सार्वजनिक गीतलाई नरेश प्रधानको रचना रहेको छ । गीतमा हरि लम्सालले संगीत तथा एरेन्ज गरेका हुन्। स्टुडियो साउन्ड मिलमा रेर्कडिङ गरिएको यस गीतको मिक्सिङ, मास्टरिङ महेश्वर मान राजभण्डारीको रहेको छ ।
अनुप चापागाईको निर्देशन रहेको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन्। भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । गीतलाई गायिका बुनु श्रेष्ठले कोडिनेटर गरेकी हुन् ।