काठमाडौँ – कवि तथा गजलकार कल्पना तामाङद्वारा लिखित गजल ‘अवसर’ सार्वजनिक भएको छ ।
“सधैँ यो दिल खुसी हुने अवसर हुँदैन्, तिम्रो नजिक हुने मौका अक्सर हुँदैन्” बोलको यो गजलमा राज सागरको संगीत तथा आवाज रहेको छ । गजलमा रोजेन सुन्दास तथा सलिना पुन मगरको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन नयन सिँहले गरेका हुन् ।
निकै लामो समयदेखि कविता, मुक्तक गीत तथा गजल लेखनमा क्रियाशिल रामेछापकी कल्पना तामाङको यसअघि “हिउँको आगो” नामक मुक्तक सङ्ग्रह प्रकाशित भैसकेको छ ।
गजलकार तामाङ मधुवन साहित्यिक प्रतिष्ठान नेपालको कार्यकारी सदस्य समेत हुन् । उनले कविता सङ्ग्रह समेत प्रकाशनका लागि तयारी गरिरहेको बताइन ।