लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट (द्रुत स्वाब परीक्षण)मा उनलाई कोरोना पोजिटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले बताए ।
२ दिनअघि देखि रुघा लागेपछि मन्त्री केसीले बिहान पीसीआर परीक्षण गरेका थिए । बिहान ११ बजे आएको नतिजामा उनलाई कोरोना पुष्टि भएको हो ।
उनी अहिले मन्त्रालयकै निवासमा आइसोलेसनमा छन् । उनमा रुघाबाहेक कुनै समस्या नरहेको मन्त्रालयको निजी सचिवालयले जनाएको छ ।