काठमाडौं – पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकाबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १० जनासहित नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको बताए ।
