विहान खाली पेटमा एलोभेरा (घिउकुमारी) को जुस पिए फाइदै फाइदा

काठमाडौं – विहान खाली पेटमा एलोभेरा(घिउकुमारी)को जुस पिउनु स्वस्थ्यकर मानिन्छ ।विज्ञ तथा ब्यूटिसियनहरु छालाको त्वचा र स्वास्थ्यको लागि एलोभेराको जुस निकै उपयोगी मान्छन ।

एलोभेराको जुस पिउने गर्नाले शरीरमा हुने पोषक तत्वको कमीलाई पनि पूरा हुन्छ ।एलोभेराको जुसमा कयौं प्रकारको रासायनिक गुण, खनिज पदार्थ, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियम, क्रोमियम लगाएत भरपुर पाइन्छन् ।

एलोभेराबाट रुखो त्वचा, अनुहारमा भएको दागसदब्बा, चाउरिपन र आँखा वरिपरिको कालोपनलाई पनि हटाउन सकिन्छ ।एलोभेराको जुस सेवनबाट मोटोपनलाई कम गर्न सकिन्छ ।

१० ग्राम एलोभेराको रसमा मेथीको ताजा पातलाई पिसेर मिसाई सेवन गर्न सकिन्छ । जसका कारण तपाईको वजन विस्तारै कम हुँदै जान्छ ।

अमला र जामुनको साथमा एलोभेराको उपयोग गर्नाले शरीर मजबुत बन्छ । यसले आँखामा हुने विभिन्न समस्याबाट पनि बचाउँछ ।पहेँलो रोगबाट ग्रसित रोगीको लागि एलोभेरा एक औषधि हो । यस्ता रोगीले दैनिक विहान १५ ग्राम एलोभेराको जुस सेवन गर्नुपर्छ ।

हाम्रो शरीरको भित्री अंगहरु सफाइ गर्नमा पनि यो उपयोगी हुन्छ । यसले शरीरको नसा, नाडी आदि सफाइ गर्छ ।

छाला र केसलाई बलियो, मुलायम बनाउनका लागि एलोभेराले प्रभावकारी काम गर्छ । एलोभेराको जुस सेवन गर्दा छाला रुखो हुँदैन । चम्किलो र नरम हुन्छ ।

एलोभेराको जुस सेवन गर्दा अनुहारको खराबी, मूसा, रुखोपन, चाहुरी, दाग धब्बा हट्छ ।

सिफारिस

‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्टमा रमाए दर्शक (तस्वीरहरू)

साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा प्रश्तुत गरेको कन्सर्टमा पोखरेली संगीतकर्मीहरुले मजा लिएका छन् । शुक्रबार साँझ नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा...

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब नौ दिन मात्र बाँकी छ। प्रतियोगिताको तयारी स्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक विशेष समारोहका बीच विमोचन गरिएको छ। जङ्गी अड्डामा आयोजित उक्त कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक...

सञ्चारमन्त्री खरेलद्वारा सवारी चालक अनुमति पत्र छपाइको उद्घाटन (तस्वीरहरू)

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी...

शान्ति मिसनमा नेपाली सेना: विश्व शान्तिमा उल्लेखनीय योगदान

काठमाडौं - नेपाल संयुक्त राष्ट्रसंघको विश्व शान्ति स्थापना अभियानमा...

काठमाडौं नजिकै रहेको मनमोहक धाप ड्याम (तस्वीरहरू)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप...

यात्रा स्मृति : पाँचपोखरी पदयात्रामा जे देखियो (तस्वीरहरू)

तिहारको बिदा अगावै सहकर्मी साथी उत्सव र मेरो कतै...

धेरै पढिएको