भारतीय राजदूतावासमा जंगली बँदेलको मासुसहित रक्सी खाने को को थिए पत्रकार ? (नामसहित)

काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा नेपालका ठूला भनिएका सञ्चार माध्यमका सम्पादक र मालिकलाई रात्री भोज खुवाईएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति दूतावासभित्रै मदिरासहितको रात्रिभोज आयोजना गरेका हुन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति लैनचौरस्थित राजदूतावासभित्र मदिरासहितको रात्रिभोज दिएका हुन् ।रात्रिभोजमा सिंगलमार्ट ह्वीस्की, डबल ब्ल्याक लेबल, जंगली बँदेलको मासु खुवाईएको स्रोतले जनाएको छ ।

रात्रिभोजमा युरोपियन युनियनका नेपाल ‘एजेन्ट’ दमनाथ ढुंगानाका ज्वाइँ एवम् कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले, देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरे, अन्नपूर्ण पोस्ट दैनिकका सम्पादक हरिबहादुर थापा, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल, नयाँ पत्रिका दैनिकका मालिक एवम् सम्पादक कृष्णज्वाला देवकोटा, केएमजीका अनुप काफ्ले, घटना र विचार साप्ताहिकका सम्पादक देवप्रकाश त्रिपाठी, मधेस मिडिया हाउस नामक एनजिओका मालिक डा.राजेश अहिराज, द हिमालय टाइम्सका सम्पादक प्रकाश रिमाल, एवीसी टेलिभिजनका मालिक शुभशंकर कँडेल, कान्तिपुर टेलिभिजनका सम्पादक प्रशान्त अर्याल, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल, रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, अभियान दैनिकका सम्पादक मदन लम्साल, वैदेशिक रोजगार व्यवसायी एवम् सगरमाथा टेलिभिजनका मालिक निर्मल गुरुङ, खबर हव डटकमका सम्पादक प्रमोद सेंढाई, मानस घिमिरेलगायतको उपस्थिति रहेको स्रोतले जनाएको छ । रिपब्लिका दैनिकबाट

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक यात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक यात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुजिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको