कार्यकर्तालाई कांग्रेसको निर्देशन : बाढी, पहिरोमा पीडितको राहत र उद्धारमा लाग्नुस्

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्षाबाट उत्पन्न भएको बाढी, पहिरो, डुबानबाट पीडितको राहत र उद्धारमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले २४ घण्टादेखि परेको पानीका कारण मृत्यु भएका तथा धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा लाग्न निर्देशन दिएको हो ।

कांग्रेसले आफ्ना कार्यकर्तालाई सम्बन्धित स्थानीय तह तथा प्रदेश सरकारसँग सहकार्य गरेर सक्रिय हुन भनेको छ । त्यस्तै उसले सरकारलाई पनि राहत तथा उद्धारका कार्य तदारुपता दिन आग्रह गरेको छ ।

वर्षाका कारण शुक्रबार बेलुकासम्म संख्या १६ पुगेको छ। काभ्रेको बनेपा-३ चुनातालमा घरलाई पहिरोले  थिच्दा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको ज्यान गएको छ।

३० वर्षीया सुशीला दंगाल र ३ वर्षीया अनुस्का दंगाल घाइते छन्। रामेछापको रामेछाप-६ करमटारमा पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको ज्यान गएको छ। ५० वर्षीया असुली सुनुवार घाइते छिन्।

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा घरभित्र पानीको भेल पसेर पर्खाल भत्कँदा ६६ वर्षीय जगतबहादुर राईको ज्यान गएको छ। भोजपुरकै टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कमा शौच गर्नेक्रममा पहिरोले पुरिँदा १४ वर्षीय जनक विकको मृत्यु भएको छ।

ललितपुरको बाग्मती गाउँपालिका-२ बगुवामा पहिरोले घर थिच्दा ११ वर्षीय सुरज जिम्बाको ज्यान गएको छ। खोटाङको खोटेहाङ गाउँपालिका-२ मा पहिरोले पुर्दा एकै घरका रेखा राई, रोमन राई र रोहन राईको मृत्यु भएको छ। विष्णुकुमार राई घाइते छन्।

काठमाडौंको कागेश्वरी मनहरा-६ मुलपानीमा पर्खालले टहरा थिच्दा एकै घरका २० वर्षीया निलु यादब, ३५ वर्षीया शर्मीला यादब र १०  वर्षीय कुन्दन यादबको ज्यान गएको छ। शर्मीला र कुन्दन आमा छोरा हुन्। मकवानपुरको थाहा -३ मा खोलाएर बगाएर १४ वर्षीया सन्तमाया बलामीको ज्यान गएको छ।

पर्साको पर्सागढी-१ मा खोलामा बगेको दाउरा टिप्न जाँदा १० वर्षीय निखिल पटेलको ज्यान गएको छ। धादिङको गजुरीमा घर भत्किएर ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल – १ झिल्के नयाँ गाउँमा पहिरोले गोठ भत्किएर ३५ वर्षीया हेमकुमारी सुनुवारको ज्यान गएको छ।

बाढी र पहिरोका घटनामा ८ जना बेपत्ता छन् भने पाँच जना घाइते रहेको नेपाल प्रहरीले जनाएको छ

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको