काठमाडाैं – राप्रपा नेपाल र वीर गोरर्खालीको संयुक्त अभियानमा राजसंस्था पुनस्थापनाको माग गर्दै पशुपति मन्दिर परिसबाट शान्तिवाटिका सम्म वृहत मोटर साइकल र्याली गरिएको छ ।
शनिबार राप्रपा नेपाल र वीर गोरर्खालीको संयुक्त अभियानमा राजसंस्था पुनस्थापना लगायतको माग गर्दै वृहत मोटर साइकल र्याली गरेको हो । उनीहरुले ‘राजा आउ, देश बचाउ’, हत्या, हिसां र बलात्कार जस्ता जधन्य अपराधका घटनाहरु न्यूनीकरण हुनुपर्ने, अनसनरत डा गोविन्द केसीको माग सम्बोधन गरी जीवन रक्षा गर्नु पर्ने माग गरेको छ ।
त्यस्तै राजसंस्था पुनस्थापना गर्नुपर्ने लगायतका माग राख्दै उनीहरुले वृहत मोटर साइकल र्याली सहित प्रदर्शन गरेका हुन ।