डडेल्धुराका २ स्वास्थ्य चौकीको स्तरोन्नती गरिंदै

डम्बर निदाल
डडेल्धुरा- डडैल्धुराका २ वटा स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नती हुने भएका छन । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार जिल्लाको आलिताल गाउँपालीकामा रहेको आलिताल स्वास्थ्य चौकी र अजयमेरु गाउँपालीकाको भद्रपुर स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नती हुन लागेका हुन ।स्तरोन्नती हुन लागेका स्वास्थ्यचौकीलाई १०-१० शैयाको अस्पताल हुने गरि बजेट बिनियोजन गरिएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । दुबै स्वास्थ्यचौकीको स्तरोन्नतीका लागी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अस्पताल बनाउनका लागि पहिलो चरणमा ८५-८५ लाख बजेट बिनियोजन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको निर्देशिका अनुसार आलिताल गाउँपालीकामा रहेको आलिताल स्वास्थ्यचौकिलाई अस्पतालका रुपमा स्तरोन्नती गर्नका लागी पहिलो चरणमा जग्गा खरिदको काम सकिएको अलिताल गाउँपालीका अध्यक्ष बल बहादुर गुरुङले बताए । उनका अनुसार अस्पताल निमार्णका लागी गाउँपालीकाले जमिन खरिदको काम सकेको र अस्पतालको भवन निर्माणका लागी टेण्डर प्रकृयामा रहेको समेत उनले बताए ।

त्यसैगरी मन्त्रालयले बनाएको निर्देशिका अनुसार नै पहिलो चरणमा जमिन खरिद गर्ने, गुरुयोजना बनाउँने र भवन निर्माणका लागि टेण्डर प्रक्रियामा जाने काम गरिने साथै अस्पताल निर्माण भएपछि स्थानिय स्तरका जनताले आफ्नो घरबाट नै सेवा सुबिधा पाउने भएकाले यस क्षेत्रमा अस्पताल हुनु राम्रो काम भएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट (बिकास)ले बताए ।

प्रत्येक स्थानिय तहमा एक अस्पताल बनाउने नेपाल सरकारको अवधारणा अनुसार यि दुवै स्वास्थ्य चौकीको स्तरोन्नती गरी अस्पताल बनाईन थालिएको हो । गाउँमै अस्पतालको सेवा पाउँदा एकातिर उपचारका लागि सहज हुने र अर्कोतिर आर्थीक भार पनि कम हुने भन्दै स्थानिय खुसी भएका छन् । सात स्थानिय तह रहेको डडेल्धुरामा यि दुई स्थानिय तहमा अस्पताल बने पछि अब तिन स्थानिय तहमा मात्रै अस्पताल बनाउन बाँकी रहने छन् ।

अमरगढी नगरपालिकामा संघिय सरकार मातहतको डडेल्धुरा अस्पताल छ । भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका लालढुङ्गामा जोगबुढा अस्पताल छ । सात वटा स्थानिय तहहरु मध्ये अब नवदुर्गा, गन्यापधुरा र भागेश्वर गाउँपालिमा मात्रै अस्पताल बन्न बाँकी रहेको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको