देउवाले बुढिगण्डकीमा भ्रष्टाचार गरेको प्रमाण देखाउन बाबुरामलाई कांग्रेसको चुनौती

काठमाडौँ – नेपाली कांग्रेसले आफ्ना सभापति शेरबहादुर देउवाले बुढिगण्डकी जलविद्युत् आयोजनामा भ्रष्टाचार गरेको प्रमाण देखाउन चुनौती दिएको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यसै हप्ता गोरखा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले बुढिगण्डी आयोगमा नौ अर्ब भ्रष्टाचार गरेको बताएका थिए।

भट्टराईले तीन ठूला नेताको मिलोमतोमा बुढिगण्डकी आयोजनाको भविष्य अनिश्चित पारिएको दाबी गर्दै उनीहरुले भ्रष्टाचार गरेको प्रमाण दिन आफू तयार रहेको बताएका थिए। भट्टराईको उक्त भनाइप्रति आपत्ति जनाउँदै आइतबार कांग्रेसले देउवाले भ्रष्टाचार गरेको प्रमाण देखाउन चुनौति दिएको हो। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भट्टराईको भनाइलाई गम्भीरतापूर्वक लिएको जनाएका छन्।

शर्माले भनेका छन्, ‘प्रमाणको दाबा पुष्टि गर्न चुनौतिसहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील। बुढिगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापति समेतको संलग्नता रहेको भनेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिनुभएको अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।’

१२ सय मेगावटाको जलायशयुक्त बुढिगण्डकी आयोजना सरकारले आफ्नै खर्चमा बनाउने कि विदेशी कम्पनीलाई दिने भन्ने विवाद हुँदै आएको छ। तत्कालिन देउवा नेतृत्वको सरकारले बुढिगण्डकी आफ्नै लगानीमा बनाउने निर्णय गरेपनि ओली नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको छ।

उक्त समितिले स्वदेशी लगानीमै बुढिगण्डकी आयोजना निर्माण गर्न सकिने निष्कर्ष सुझाएको थियो। गोरखा र धादिङ जिल्लामा बन्ने आयोजना निर्माणका लागि सरकारले मुआब्जा वितरण अन्तिम चरणमा पुर्‍याएको छ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको