यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ६ महत्वपूर्ण नियुक्ति

काठमाडौं – मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण नियुक्ति गरेको छ । गत असोज २२ गते बसेको मन्त्रीपरिषदको बैठकले यी नियुक्तिहरु गरेको हो ।

आइतबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार-

१. नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश (प्रकाश) पौडेल नियुक्त
२. लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा काडमाडौं महानगरपालिका वडा नंबर २१ का सानुराजा शाक्य नियुक्त
३. कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम विकास परिषदको अध्यक्षमा डा.वशिष्ट प्रसाद रिजाल मनोनयन
४. सिंहदरबार वैद्यखानाको अध्यक्षमा डा.बाबुराजा अमात्य नियुक्त
५. औषधि परामर्श परिषदमा संघरत्न बज्राचार्य, बाबुराम हुमागाई र दीपकप्रसाद दाहाल नियुक्त
६. राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्षमा डा.देवबहादुर रोका क्षेत्री नियुक्त

बैठकले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधानमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । .

असोज २२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले ५० हजार डलरभन्दा बढीका सवारी साधनमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको जनाकारी दिनुभयो । कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले फुकुवा गर्ने निर्णय गरिएको उहाले जानकारी दिए ।

बैठकले मदिराको आयात पनि खुला गर्ने निर्णय गरिएको उहाले जानकारी दिए । पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको देखिएको भन्दै बिषेश सजकता अपनाउन आग्रह गरे ।

कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय नभए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको ज्ञवालीले बताए ।

उनले काठमाडौंका आम नागरिक, जनप्रतिनिधि र संघ संस्थालाई कोरोना महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्न आग्रह गरे ।

प्रवक्ता ज्ञवालीले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने पनि बताए । मन्त्री ज्ञवालीले यस वर्ष दसैँलगायतका चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको उल्लेख गरे ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको