धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा बसमा आगलागी भएको छ। आगलागीबाट मानवीय क्षती भएको छैन।
हेटौंडाबाट काठमाडौ जाँदै गरेको ना ५ ख ६९० नम्बरको बस आगलागी भएर बस पूर्ण रुपमा जलेको हो। बसमा ब्याट्री पड्किएर आगलागी भएको सिम्ले प्रहरीले जनाएको छ।
धुनीबेंसी नगरपालिकाको दमकल ,कर्मचारी र प्रहरीको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो।
