मनसुन अझै सक्रिय, आगामी ३ दिनको मौसम यस्तो छ

काठमाडौँ – मनसुन न्यून चापीय रेखा देशको मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी क्षेत्र नजिक रहेकाले मनसुन अझै पनि सक्रिय अवस्थामै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै मध्य र पूर्वी नेपाल नजिकै बनेको न्यून चापीय क्षेत्र कमजोर बन्दै गएको भए पनि अझै कायम रहेकाले देशभर मनसुन अझै पनि सक्रिय अवस्थामा रहेको मौसमविद मीनकुमार अर्यालले बताएका छन् । तर अघिल्ला दिनको तुलनामा आइतबार मनसुन केही कमजोर हुँदै गएको र बिस्तारै कमजोर हुँदै जाने उनले बताए ।

असार २९ गते (आईतबार)
दिउँसो: देशभर सामान्य देखि पुर्ण वदलि रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।

असार ३० गते (सोमबार)
दिउँसो: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।

असार ३१ गते (मंगलबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य र पश्चिमका क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।
राति: देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पुर्व र मध्य क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको