आफ्नै साथीले साथीको हत्या गरेपछि… (भिडियोसहित)

आफ्नै साथीले साथीको हत्या गरे भन्दा अचम्म लाग्न सक्छ । तपाईं आफ्नो मिल्ने साथीलाई आँखा चिम्लेर विश्वास गर्नुहुन्छ ? विश्वास गर्नुहुन्छ भने कुनै दिन गहिरिएर सोच्नुपर्ने परिस्थिति पनि नआउला भन्न सकिन्न । कहिलेकाही तपाईंको विश्वासिलो नजिकको साथीले तपाईंको ज्यान पनि लिन सक्छ । यस्तै विषयमा बनेको लघुचलचित्र “ट्रष्ट” अर्थात् (विश्वास) सार्वजनिक भएको छ ।

लघुचलचित्रमा एकदमै मिल्ने दुई साथीहरूमाथिको विश्वास कसरी तोडिन्छ भन्ने कुरा उतार्न खोजिएको छ ।
कथा एउटा क्याफेबाट शुरु हुन्छ । दुवै जना चिया पिउँछन्, बाँडेर खाजा खान्छन् । बिल तिर्ने बेलामा दुवैले तिर्न खोज्छन् । एकजनाले बिल तिरेपछि दुवै कोठामा आउँछन् अनि शुरु हुन्छ विश्वासमाथिको प्रश्न । बिल तिर्ने बेलामा साथीको पर्समा भएको आफ्नो प्रेमिकाको फोटोले कथालाई नयाँ मोड थपिदिन्छ ।

कथाको मुख्य पात्र अर्थात घटनाको मुख्य कारण प्रेमिका भएतापनि उनको भुमिकालाई तस्बिरमार्फत देखाउन खोजिएको छ । धेरै केटीहरु खेलाईराख्ने साथीले आफ्नै प्रेमिकालाई पनि नछोडेपछि विश्वास र सम्बन्ध टुट्ने मात्र हैन ज्यान लिन पनि पछि हट्दैन भन्ने कुरालाई देखाईएको छ । एउटा बन्द कोठाभित्र दुई साथीबिचको द्वन्द्वात्मक दृश्यले धेरैको मन सिरिङ्ग बनाईदिन्छ, जसकारण पोष्टरमा १६ वर्षमाथिकालाई मात्र हेर्न प्रेरित गरिएको छ । घटनाको रहस्य अन्तीममा मात्र खुल्दै जान्छ, जसकारण कथावस्तु सरल रुपमा सजिलै बुझ्न कठिन हुन्छ ।

कुनै संवाद प्रयोग नगरिएको यस लघुचलचित्रमा समाजमा हुन सक्ने घटनाको प्रतिनिधित्व गरेर घनिष्ठ साथीको विश्वासमाथि प्रश्न उठाईएको छ । दुई आत्मिय साथीको विश्वास कसरी टुट्छ भन्ने विषयलाई उठान गरिएको छ । करिब १३ मिनेट लामो लघुचलचित्र हेरिरहँदा आफ्नै साथीको विश्वासलाई एकपटक सोच्न बाध्य बनाउँछ । निर्माण पक्ष केही कमजोर देखिएतापनि चलचित्र हेरिरहँदा दर्शकलाई कौतुहलता जगाइरहन्छ । समग्र रुपमा यसबाट दर्शकलाई सन्देश दिने भन्दा पनि सचेत तुल्याउन प्रेरित गरेको भेटिन्छ ।

सञ्चारकर्मी तथा रंगकर्मी मोहन अभिलाषीको लेखन तथा निर्देशनमा बनेको चलचित्रको छायांकन रामकृष्ण चौँलागाइँले गरेका हुन् । क्याफे, कोठा र पार्कमा छायांकन गरिएको यस लघुचलचित्रमा मोहन अभिलाषी, मोहन श्रेष्ठ, मुकेश हमाल, प्रेम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो :

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको