दशैंतिहार सुरक्षा योजना सार्वजनिक, १० हजार प्रहरी परिचालन हुने

काठमाडौँ – नेपालीहरुका महान् चार्ड नजिकिएसँगै महानगरीय प्रहरी कार्यालयले दशैंतिहार सुरक्षा योजना सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण थलिएको राजधानीको शान्ति सुरक्षालाई कायम राख्न सो कार्यालयले उक्त योजना सार्वजनिक गरेको हो ।

राजधानीको सुरक्षाका लागि १० हजार प्रहरी परिचालन हुने महानगरी प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनले भने– ‘राजधानीको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाउन १० हजार प्रहरीलाई परिचालन गर्नेर्छौं र राजधानीबासीलाई विनाझन्झट चार्ड मनाउन प्रहरी २४ सै घण्टा परिचालन हुनेछ ।’

यसपटकको अवस्था भिन्न रहेकाले उपत्यकामा कार्यरत सबै प्रहरीलाई बिदा नदिने र जनताको सुरक्षामा खटिन निर्देशन दिइसकेको पनि डीआईजी पोखरेलले बताए। चाडबार्डको मौका छोपेर हुन सक्ने अपराधलाई निर्मूल गर्न सम्भावित क्षेत्रमा प्रहरीका साथै तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्ने योजना सो कार्यालयले बनाएको छ ।

सो कार्यालयले चाडबार्डमा विभिन्न व्यक्तिले दिने उपहार नलिनसमेत मातहतका निकायलाई निर्देशन दिएको पनि डीआईजी पोखरेलले बताए । उनले भने– ‘विपतमा परेका जनताको सुरक्षाका लागि प्रहरीको आचरणमा समेत सुधार ल्याउन आग्रह गरेका छौं ।’

चाडबार्ड नजिकिएसँगै विभिन्न प्रकारका अपराध गर्ने व्यक्तिहरु सक्रिय हुने भएकाले त्यस्ता व्यक्तिहरुको पहिचान गर्ने र अपराध गर्नुपूर्व नै उनीहरुलाई पक्राउ गरेर कारबाही अगाडि बढाउने योजनासमेत सो कार्यालयले बनाएको छ ।

प्रहरीले आर्थिक गतिविधि बढी हुने ठाउँमा विशेष निगरानी राख्नुका साथै व्यवसायीहरुलाई पनि होसियारीपूर्वक आफ्ना गतिविधि सञ्चालन गर्न अनुरोधसमेत गर्दै आएको छ ।

चाडबार्डको मौका छोपेर हुने विभिन्न प्रकारका अनैतिक क्रियाकलापलाई निरुत्साहन गर्न त्यस्ता ठाउँको पहिचान गरी खानतलासी गर्ने कामलाई समेत उपत्यकाका तीनै जिल्ला प्रहरी कार्यालयले तीव्ररुपमा अनुगमन शुरु गरिसकेको छ ।

अपराधविहीन समाजको कल्पना गरेको उपत्यका प्रहरी कार्यालयले कार्य सम्पादनका सम्झौता नगर्ने समेत बताएको छ । जनताको सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै आएको सो कार्यालयले चाडवार्डमा हुने कुनै पनि अवैध क्रियाकलापलाई निरुत्साहन गर्ने रणनीति अपनाएको छ । नेपाल समाचारपत्रबाट

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको