दशैंतिहार सुरक्षा योजना सार्वजनिक, १० हजार प्रहरी परिचालन हुने

काठमाडौँ – नेपालीहरुका महान् चार्ड नजिकिएसँगै महानगरीय प्रहरी कार्यालयले दशैंतिहार सुरक्षा योजना सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण थलिएको राजधानीको शान्ति सुरक्षालाई कायम राख्न सो कार्यालयले उक्त योजना सार्वजनिक गरेको हो ।

राजधानीको सुरक्षाका लागि १० हजार प्रहरी परिचालन हुने महानगरी प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनले भने– ‘राजधानीको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाउन १० हजार प्रहरीलाई परिचालन गर्नेर्छौं र राजधानीबासीलाई विनाझन्झट चार्ड मनाउन प्रहरी २४ सै घण्टा परिचालन हुनेछ ।’

यसपटकको अवस्था भिन्न रहेकाले उपत्यकामा कार्यरत सबै प्रहरीलाई बिदा नदिने र जनताको सुरक्षामा खटिन निर्देशन दिइसकेको पनि डीआईजी पोखरेलले बताए। चाडबार्डको मौका छोपेर हुन सक्ने अपराधलाई निर्मूल गर्न सम्भावित क्षेत्रमा प्रहरीका साथै तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्ने योजना सो कार्यालयले बनाएको छ ।

सो कार्यालयले चाडबार्डमा विभिन्न व्यक्तिले दिने उपहार नलिनसमेत मातहतका निकायलाई निर्देशन दिएको पनि डीआईजी पोखरेलले बताए । उनले भने– ‘विपतमा परेका जनताको सुरक्षाका लागि प्रहरीको आचरणमा समेत सुधार ल्याउन आग्रह गरेका छौं ।’

चाडबार्ड नजिकिएसँगै विभिन्न प्रकारका अपराध गर्ने व्यक्तिहरु सक्रिय हुने भएकाले त्यस्ता व्यक्तिहरुको पहिचान गर्ने र अपराध गर्नुपूर्व नै उनीहरुलाई पक्राउ गरेर कारबाही अगाडि बढाउने योजनासमेत सो कार्यालयले बनाएको छ ।

प्रहरीले आर्थिक गतिविधि बढी हुने ठाउँमा विशेष निगरानी राख्नुका साथै व्यवसायीहरुलाई पनि होसियारीपूर्वक आफ्ना गतिविधि सञ्चालन गर्न अनुरोधसमेत गर्दै आएको छ ।

चाडबार्डको मौका छोपेर हुने विभिन्न प्रकारका अनैतिक क्रियाकलापलाई निरुत्साहन गर्न त्यस्ता ठाउँको पहिचान गरी खानतलासी गर्ने कामलाई समेत उपत्यकाका तीनै जिल्ला प्रहरी कार्यालयले तीव्ररुपमा अनुगमन शुरु गरिसकेको छ ।

अपराधविहीन समाजको कल्पना गरेको उपत्यका प्रहरी कार्यालयले कार्य सम्पादनका सम्झौता नगर्ने समेत बताएको छ । जनताको सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै आएको सो कार्यालयले चाडवार्डमा हुने कुनै पनि अवैध क्रियाकलापलाई निरुत्साहन गर्ने रणनीति अपनाएको छ । नेपाल समाचारपत्रबाट

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको