काठमाडौँ । नेपाली बजारमा मंलगबार सुन चाँदीको मुल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले घटेर प्रतितोला ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९५ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया