रामेछाप-जिल्ला प्रहरी कार्यालय रामेछापद्वारा अाजदेखि जिल्लाका विभिन्न स्थानहरूमा यात्रु सहायता कक्ष संचालन ल्याएकाे छ । निजिकिदै गरेकाे चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष राखिएकाे हाे ।

चाडपर्व नजिकिएसगै यात्रुकाे चाप बढ्ने र यातायात व्यबसायीले यात्रुलाइ ठग्ने तथा अनावश्यक दु:ख दिन सक्ने भएकाे हुदा यात्रुकाे गुनासाे सुनुवाइको लागि यात्रु सहायता कक्ष संतालनमा ल्याएकाे छ । उक्त सहायता कक्ष अाजबाट जिल्लाकाे चार स्थानमा संचालन ल्याइएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिए । रामेछापको मन्थली बजारकाे ट्राफिक चाेक र देवकोटा चाेक राखिएकाे छ । त्यसैगरि रामेछाप भित्रिने तथा बाहिरिने नाका सेलेघाट प्रहरी विट र खिम्ती प्रहरी विट गरि चार स्थानमा यात्रु सहायता कक्ष राखिएकाे जिल्ला प्रहरी प्रमुख पाठकले जानकारी दिएका छन्
चाडपर्वकाे समयमा अघिपछि भन्दा बढी भाडा लिने , क्षमता भन्दा बढि यात्रु चढाउने र यात्रुहरुलाई अनावश्यक दु:खदिने खालकाे गतिविधि हुनेहुदा तेेेेेेेेेेस्ताखालका गतिविधिलाई न्युनिकरण गर्न तथा यात्रुहरुकाे यात्रालाई सहज बनाउनका लागि सहायता कक्ष संचालनमा ल्याएकाे पाठकले बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले काेराेना संक्रमणकाे जाेखिम टरीनसकेकाे र चाडपर्व नजिकि सकेकाे हुदा यात्रु तथा यातायात व्यवसायी दुबै पक्षले सुरक्षा सतर्कता अपनाएर यात्रा गर्न अाग्रह गरेकीछिन् । चाडपर्वका समयमा हुन सक्ने अप्रिय घटना कम गर्न र सुरक्षीत यात्रा गर्नका लागि यात्रु सहायता कक्षले महत्त्वपूर्ण भुमिका खेल्नेसक्ने बताउदै ट्राफिक चेकजाजमा कडाई गर्न र नियम मिचेर संचालन हुने यातायातका साधनकाे कडा निग्रानी गर्न समेत ट्राफिक प्रहरीलाई निर्देशन दिएकी छिन ।
जिल्ला प्रहरी रामेछापद्वारा यात्रु सहायता कक्ष संचालनमा
