रामेछाप – रामेछाप जिल्लाको मन्थली नगरपालिकाको कार्यालयको सेवा केहि दिनको लागि बन्द भएको छ । नगरपालिकाको कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालयकको सेवा बन्द गरीएको हो ।
मन्थली नगरपालिकाले एक सुचना जारी गर्दै यस नगरपालिका कार्यालय र मातहतका कार्यालयबाट प्रदान गरीने आकस्मीक सेवा बाहेक सम्पुर्ण सेवाहरु २०७७/०७/०२ सम्मको लागी बन्द गरीएको मन्थली नगरपालिकाले जनाएको छ ।
यस्तै रामेछाप जिल्लामा आज थप २२ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित हुनेमा ११ जना पुरुष र ११ जना महिला रहेका छन्। संक्रमित मध्ये अधिकांश मन्थली नगरपालिकाको रहेका छन्। 
