काठमाडौं । बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

बिहीबारदेखि लगातार परेको वर्षापछि आएको बाढी र पहिरोमा मृत्यु हुनेमा २४ जना महिला र ४१ जना पुरुषको रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै, बाढी, पहिरो र डुबानको प्रकोपमा परी ३८ जना घाइते भएका छन् । तीमध्ये महिला १७ र पुरुष २१ जना रहेका छन् ।

त्यस्तै ३० जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमध्ये १२ महिला र १८ पुरुष छन् । त्यस्तै बाढी पहिरोमा परेका १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here