काठमाडौंका यी १० ठाउँ कोरोना ‘रेड जोन’, जहाँ ३ सयभन्दा बढी संक्रमित छन्

काठमाडौँ – केही दिन यता नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकामा पनि दैनिक सयौँको संख्यामा कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

केही दिन यताको तथ्यांकलाई मात्र आधार मान्ने हो भने काठमाडौं जिल्लामा मात्रै पछिल्ला दिनमा एक हजारभन्दा धेरै संक्रमित दैनिक थपिएका छन् ।

काठमाडौं जिल्लामा पनि पछिल्लो समय महानगरपालिकाभित्र कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ ।

महानगरका ३२ वडामध्ये १० वडा त कोरोना संक्रमणको रफ्तार निकै तीव्र रहेको छ । कोरोनाको हटस्पट बनेका यी १० ठाउँ स्वयम्भू, सोह्रखुट्टे, कोटेश्वर, कलंकी, महाराजगन्ज, कालिमाटी, त्रिपुरेश्वर, गौशाला, बानेश्वर र लैनचौर हुन् । क्रमशः वडा नम्बर १५, १६, ३२, १४, ३, १३, ११, ९, १० र २६ यी वडाहरुमा मात्रै कम्तिमा पनि ३ सयभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

काठमाडौं जिल्लामा मंगलबार साँझसम्मको तथ्यांकअनुसार ३५ हजार ६ सय ३४ कोरोना संक्रमित भेटिएका छन् । यीमध्ये कम्तिमा पनि ८ हजार ३ सय यी १० वडाका मात्र रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यीमध्ये झन्डै आधाभन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यी ठाउँमा अहिलेसम्म ३३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

सिफारिस

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

भर्खरै

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

धेरै पढिएको