काठमाडौँ – नेपाल एलपी ग्यास उद्योग संघले बुधबारदेखि लागु हुने गरी एलपी ग्यासको धरौटी मूल्य तोकेको छ ।

एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रति सिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुनेछ । संघले तोकेको भन्दा बढी रकम लिएमा गैह्र कानूनी हुने पनि अध्यक्ष भण्डारीले बताए ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले मूल्य तोकिँदा एकै प्रकारको सिलिण्डरको मूल्य फरक फरक तिर्नुपर्ने परिपाटीको अन्त्य गर्ने बताए । तर बिल नभएका उपभोक्तालाई न्याय गर्नुपर्ने उनको भनाइ छ ।

संघको गत शुक्रबारको साधारणसभाले सिलिण्डरको धरौटी रकम तोकेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया