इन्डियन प्रिमियर लिग (आइपिएल) को ३० औं खेलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७:४५ बजे दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

दिल्ली छैटौं र राजस्थान चौथो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । दिल्ली ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक तालिमा नेट रन रेटको आधारमा दोस्रो छ । समान १० अंकनै भएपनि नेट रनरेटको आधारमा मुम्बई इन्डियन्स शीर्ष र रोयल च्यालेन्जर्स बेंगलोर तेस्रो स्थानमा छन् । आजको खेलमा विजयी भएमा दिल्ली १२ अंकका साथ शीर्षस्थानमा उक्लिने छ ।

यता राजस्थान भने ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । राजस्थान दिल्लीलाई हराउँदै अंक तालिकामा चौथो स्थानमा उक्लिन चाहाँन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया