काठमाडौँ – कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप १२ जनाको मृत्यु भएको छ ।
यस्तै देशभर हालसम्म संक्रमणबाट निधन हुनेको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा आज थप २६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ११७९९६ पुगेको छ।
त्यसैगरी आइसियूमा तीन सय पाँचजना र भेन्टिलेटरमा ७० जनाको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
