काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । बुधबार सुन ९४ हजार ५०० मा कारोबार भएको थियो ।
मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुधबार ९४ हजार ५ सयमा कारोबार भएको थियो । आज विहिबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ ।
यता चाँदीको मूल्य भने आज ५ रुपैयाँ घटेको छ । आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।