नवनियुक्त मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : तपाईहरूप्रति ठूलो आशा छ, नमूना बन्ने गरी काम गर्नुहोस्

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूलाई नमूना बन्नेगरी काम गर्न निर्देशन दिएका छन् । बिहीवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

‘तपाईंहरूले नमूना बन्ने गरी काम गर्नुहोस्, मलाई तपाईहरूप्रति ठूलो आशा छ,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै एक मन्त्रीले लोकान्तरलाई भने ।

मन्त्रिमण्डल पुनर्गठनपछि पहिलोपटक बसेको मन्त्रिपरिषद बैठकमा ओलीले नवनियुक्त मन्त्रीहरूलाई बधाइ दिए । ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न सबै मिलिजुली अघि बढ्नुको विकल्प नभएकोसमेत मन्त्रीहरूलाई ब्रिफिङ गरेका थिए ।

बुधवार भएको मन्त्रीमण्डल पुनर्गठनमा अर्थमन्त्रीका रूपमा नेकपाका महासचिव विष्णु पौडेल भित्रिएका छन् भने शहरी विकासमन्त्रीका रूपमा कृष्णगोपाल श्रेष्ठ आएका छन् । त्यस्तै महिलामन्त्री पार्वत गुरुङलाई सञ्चारको जिम्मेवारी दिइएको छ ।

महिलामन्त्रीको जिम्मेवारी लिला श्रेष्ठले पाएका छन् । उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको छ ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको