काठमाडौं पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।
आज नेपालमा थप ३१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १२९३०४ पुगेको छ।