प्रेस युनियन डोटीका अध्यक्ष बमद्वारा अक्षयकोष स्थापनाका लागि सहयोग

डम्बर निदाल

डडेल्धुरा – नेपाल प्रेस युनियन डोटीका अध्यक्ष बमद्धारा जन्मदिनको अवसरमा अक्षयकोष स्थापनाका लागी सहयोग घोषणा छन् । नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोगको घोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघ डोटी शाखाका सहसचिव तथा हाम्राकुरा डटकमका संवाददाता समेत रहेका बमले आफ्नो जन्मदिनको अवसरमा तेजु स्मृति अक्षयकोषका स्थापनाका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले शाखाका संस्थापक अध्यक्ष स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतिमा स्थापना गर्न लागेको अक्षयकोषमा अध्यक्ष बमले ११ हजार एक सय ११ रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् ।

युनियनले स्व. संस्थापक अध्यक्ष खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरुसँग सहयोग आह्वान गरेको शाखाका सचिव पवन महराले जानकारी दिए । अक्षयकोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरी पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरुलाई सम्मान गरिने बताए । युनियनले अक्षयकोष स्थापना गर्ने निर्णयसँगै सहयोग आह्वान गरेपछि विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो । स्व. पत्रकार खडका लामो समय रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र दिपायलमा कार्यरत थिए । पछिल्लो समयमा स्व.पत्रकार खडका बाजुरामा रहेको बुढिनन्दा एफएममा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता समेत रहेका थिए ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको