काठमाडौं – काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १४६९ जना, भक्तपुरका ९९ जना र ललितपुरका १३० जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा १४८७५ जनाको पिसिआर परीक्षण गरिएको छ।

त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा १७४६ जनामा संक्रमण देखिएको थियो। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।

यस्तै नेपालमा थप २९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १३२२४६ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया