मठ मन्दिर बन्द, चर्चमा भने भीडभाड

गोरखा – कोभिड १९ को महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले मठ, मन्दिर बन्द गरेको छ। तर यही बेला यहाँका चर्च तथा ‘सच्चाइ’ निर्वाध सञ्चालन भइरहेका छन्। ११ वटै स्थानीय तहमा हरेक शनिबार चर्च तथा सच्चाइ निरन्तर रुपमा चलिरहेको विश्वासीहरु बताउँछन्।

लकडाउनभन्दा केही अघिदेखि सुरु भएको पालुङ्टार नगरपालिका ९ सिस्नेरीको सच्चाइ हालसम्म निरन्तर रुपमा चलिरहेको सो सच्चाइका सदस्य टेकबहादुर सुनारी बताउँछन्।

‘हाम्रो सच्चाइ लकडाउन भन्दा केही अघिदेखि सुरु भएको हो’, उनी भन्छन्, ‘अहिलेसम्म निरन्तर चलिरहेको छ।’ ३५ देखि ४० जनासम्मका विश्वासी सच्चाइमा भेला हुने उनले बताए। ‘हाम्रो गाउँका विश्वासीहरु सबै आउँछन्’, सुनारी भन्छन्, ‘एकपटकमा ३५ देखि ४० जनासम्म भेला हुन्छन्।’ वडा नं. ९ को तीनठाउँमा सच्चाइ चल्ने उनले बताए।

त्यस्तै हरेक शनिबार चर्चमा भेला भएर गरिने प्रार्थना पनि निर्वाध रुपमा चलिरहेको विश्वासी बताउँछन्। सबैभन्दा धेरै गोरखा नगरपालिका र पालुङ्टार नगरपालिका सच्चाइ तथा चर्च सञ्चालनमा छन्। ती पालिकाका एउटै वडामा तीन भन्दा धेरै ठाउँमा सच्चाइ सञ्चालनमा रहेको विश्वासी बताउँछन्। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

सिफारिस

बैजनी फूलले ढकमक्क महालक्ष्मीस्थान (तस्वीरहरू)

काठमाडौँ - महालक्ष्मीस्थान यतिबेला ज्याकारान्डा (Jacaranda) फूलले ढकमक्क बनेको छ। सडक किनारमा फुलेका बैजनी रंगका फूलहरूले सम्पूर्ण क्षेत्रलाई मनमोहक बनाउँदै स्थानीयवासी तथा आगन्तुकको ध्यान...

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

भर्खरै

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको