के हो जरो किलो महाअभियान ? यस्तो भन्छन् अभियान्ता

काठमाडौं – यहाँ जरो र किलो भन्नाले फरक फरक अर्थ दिने दुइवटा अलग शब्द देखिन्छ। जरो शब्दलाई एक्लै बुझ्दा कुनै झारपात, रूख वा बोट विरूवाको जरो भन्ने बुझिन्छ।

त्यसै गरी किलो भन्नाले काठको, धातुको वा अन्य पदार्थबाट बनेको किला काँटी छेस्को आदी बुझाउँछ। तर जिरो किलो महाअभियानमा जरोको अर्थ मानव जीवन र मानव सभ्यताको उत्पत्ति यसको अस्तित्व र भित्रीभावसंग जोडीएर आउँछ।

जरो किलो महाअभियानमा जरोको अर्थ: 

जरो= जरो भन्नाले हाम्रो राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, विकास, समाजसेवा,र सुरक्षा आदिको मूल, स्रोत, उत्पत्ति, उद्गमविन्दु,अपनत्व, स्वामित्व, स्थानियता, र सान्दर्भिकता, प्रतिष्ठा, मौलिकता, इतिहाँस,संस्कृति, सभ्यता आदिको सवाल हो। यो सवालले हाम्रो धरातल र अस्तित्वको साथै हाम्रो जीवन संग जोडीएको भित्री भावको आधारको संकेत गर्दछ र हाम्रो यी कुराहरूको सम्बन्ध कहाँ छ र को संग जोडीएको छ, यसले नेपाल र नेपालीको हित गर्छ कि गर्दैन भन्ने संकेत गर्दछ।

जिरो किलो महाअभियानमा किलोको अर्थ : 

किलो= किलो भन्नाले हाम्रो केन्द्र, प्रभूत्व, निर्णयकत्व, स्वाधिनता, स्वतन्त्रता, सार्वभौमसत्ता आदिको सवाल हो।यो सवालले हाम्रो किलो (मियो) कहाँ छ? देश भित्र छ कि बाहिर छ। केन्द्रमा छ कि छैन? किलो (मियो)स्वतन्त्र छ कि पराधिन छ ? किलो (मियो) ले नेपाल र नेपालीको हित गर्ने निर्णय गर्न सक्छ कि सक्दैन? किलोले बाहिरी शक्तिको इशारामा निर्णय गर्छ कि ? निर्णयमा तालिमात्र बजाउँछ कि ? केन्द्रमा बसेर निर्णय गर्छ कि गर्दैन ? आदीको कुराको संकेत गर्दछ।

तर जरो किलो महाअभियानमा यो दुइ शब्दको मात्र अर्थ बुझेर पुग्दैन।
जरो किलो महाअभियान के हो भनेर बुझ्नु पर्ने हुन्छ।

जरो किलो महाअभियान र यसको स्थापना : 

यस अभियानका संकल्पकर्ता तथा आह्वानकर्ता, संस्थापक अध्यक्ष, सिद्धान्तकार, युगद्रष्टा ए. प्रोफेसर डा निर्मालमणि अधिकारीको संकल्प र आह्वानमा संस्थागत रूपमा स्थापित एक बहुआयामिक अभियान हो जरो किलो महाअभियान। २०७२ सालको घटस्थापनाको दिन घटस्थापना गरेर साथमा श्रीमतीलाई राखेर आजबाट मेरो जीवन व्यक्तिगत प्रयोजनको लागि नभई समाज र राष्ट्रको लागि विश्वमानवताको लागि भयो भनेर संकल्प लिई त्यही साल बसन्तपन्चमीका दिन एक सार्वजानिक कार्यक्रम आयोजना गरी आजबाट जरो किलो महाअभियानको स्थापना भयो भनि संखघोषका साथ सार्वजानिक गर्नु भएको थियो जरो किलो महाअभियान।

उहाले आफ्नो जीवनको लगभग २० बर्षको अध्ययन अनुसन्धान, अनुभव, जाँचपड्ताल र विश्लेषणको परिणाम स्वरूप निचोड निकालिएको तथ्यपुर्ण विवरण वा दस्तावेजलाई देशको इतिहाँससंग जोडेर भविश्य निर्माण गर्न बर्तमानमा पवित्र मनले गर्नु पर्ने कामको जिम्मेवारीबोध गरेर उहाँ स्वयंले त्यसको नेतृत्व लिंदै सबैलाई सार्वजानिक रूपमा आह्वान गर्दै अगाढी बढ्न चालियको कदमबाट स्थापित महान कार्य हो यो जरो किलो महाअभियान।

जरो किलो महाअभियानका संकल्प तथा आह्वान कर्ता, अनुसन्धानविद, सिद्धान्तकार, युगद्रष्टा ए. प्रोफेसर डा. निर्मलमणि अधिकारी राज्यराष्ट्र सिद्धान्त र साधारणिकरण मोडल अफ मास कम्युनिकेशनका सिद्धान्तकार हुनुहुन्छ। उहाँको सिद्धान्त(theory) Sadharanikaran Model of Communication (SMC), constructed and developed by Dr. Nirmala Mani Adhikary, is based on the insights from two classical Sanskrit texts – Natyashastra of Bharata Muni and Vakyapadiya of Bhartrihari. उहांको यो सिद्धान्तलाई(theory) लाई International communication Association USA ले सन् २०१६ मा acknowledge गरेको, encyclopedia मा हेर्न सकिन्छ।

उहाँले नेपाललाई हेर्ने मौलिक दृष्टिकोण भएको राज्यराष्ट्र सिद्धान्त अभिनिर्माण गर्नु संगसंगै यो सिद्धान्तको व्यवहारिक र व्यवसायीक प्रयोग लागि “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” निर्माण गर्न “मौलिक जरोकिलो पार्टी” नामको राजनैतिक संगठन पनि निर्माण गर्नु भएकोछ। यो “पार्टी” दर्ताको लागि २०७६ साल अषाढ २३ गते निर्वाचन आयोग गएर दर्ता भएको छ।
उहाँले आफ्नै मौलिक राजनीतिक शब्दावलीहरू पनि अभिनिर्माण गर्नु भएको छ।
उहाँको अध्ययन, खोज र अनुसन्धान पछि एउटा राजनीतिक शक्ति निर्माणको लागि आवश्यक सबै कुरा तयार गरेर त्यसपछी जनशक्ति निर्माणमा लाग्नु भएको छ।

किन यसलाई महाअभियान भनिएको हो ?

किनकी यो नेपाल र नेपालीको मौलिक सभ्यता र संस्कृतिको पुनर्जागरणको महाअभियान हो। यो नेपाली दृष्टिकोणमा २३०० बर्ष पछि र पश्चिमा दृष्टिकोणमा २७१ बर्ष पछि युग निर्माणको लागि नयाँ राजनैतिक सिद्धान्त मूलप्रवाहिकरणको महाअभियान हो।

यसबाट हाम्रो देशको सामाजिक सांस्कृतिक अवयवहरूको अध्यावधिक हुने, सभ्यताको संरक्षण, संवर्धन र प्रवर्दन हुने र आर्थिक उन्नतिको मार्ग प्रसस्त हुने हुँदा देश भिख मंग्गाबाट माथि उठेर समृद्ध, सुखी, शान्त र आनन्दमय हुने भएकोले यो राष्ट्रोदयको महाअभियान हो। देशमा हराई रहेका , विर्सिएका, चलन चल्तिमा नल्याईएका वा लोपोन्मूख, मौलिक रैथाने प्रतिमान अभिनिर्माणको महाअभियान हो। र अन्तत्वगत्वा नेपाल-केन्द्रित वैश्विक-संरचना अभिनिर्माणको महाअभियान भयकोले यसलाई महाअभियान भनियको हो। यो राष्ट्रको लागि बहुआयामिक दिव्य कर्म हो। महायज्ञ हो।

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको