काठमाण्डौ – गायिका जितु लोप्चन र गायक पूर्ण तामाङको आवाजमा रहेको ‘तीन धारा झरना’ बोलको सार्वजनिक गरिएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।
पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा सोम लामाको शब्द,एक्का योञ्जनको संगीत रहेको छ भने गीतलाई कर्साङ लामाले संगीत संयोजन, मिक्सिङ गरेका हुन ।
गीतको अडियो मात्र सार्वजनिक गरिएको हो भिडियो भने केहि समयपछि सार्वजनिक गरिने गायक तामाङले बताए।
