७७ वटै जिल्लाका सिडिओलाई दसैं बिदा नबस्न गृहको निर्देशन

काठमाडौँ  – सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई जिल्ला नछोड्न निर्देशन दिएको छ ।

सोमबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेकाले त्यसको नियन्त्रण र रोकथाममा जुट्नुपर्ने भएकाले यस्तो निर्णय गरेको हो ।

नजिकँदै गरेको दसैं, तिहार, छठ, नेपालसुम्वतलगायतका चाडपर्वमा आवतजावत बढ्ने भएकाले संक्रमणको जोखिम पनि बढ्ने भन्दै मन्त्रालयले जिल्ला नछोड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रुपमा हरसम्भव उपाय अवलम्बन गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य प्रोटोकलहरु पालना गर्न र अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन पनि नागरिकहरुलाई मन्त्रालयको आग्रह छ ।

प्रवक्ता चक्रबहादुर बुढाले चाडपर्वमा झैझगडा, चोरी, लुटपाट, डकैती जस्ता अवाञ्छित गतिविधि हुने भएकाले सुरक्षाको व्यवस्था मिलाउन पनि सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

त्यस्तै चाडपर्वको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मिसावट, गुणस्तरहीन साामान विक्री वितरण हुन नदिन बजार अनुगमनलाई तिव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

सिफारिस

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंको अध्यक्षमा विष्णु गिरीको दावी

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंको अध्यक्षमा विष्णुलाल गिरीले दावी गरेका छन् । हाल प्रथम उपाध्यक्ष रहेका गिरीले नेतृत्वमा दावी गरेका हुन् । शनिवार...

कला लम्सालको नयाँ गीत ‘मायाको झल्को’ सार्वजनिक

काठमाडौं — फरक आवाजकी धनी तथा करिब १८ वर्षदेखि नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय गायिका कला लम्सालले आफ्नो नयाँ गीत ‘मायाको झल्को’ सार्वजनिक गरेकी छन्।...

एमालेमाथि हमला भए त्यो दिन देश ठप्प हुनुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्ने खतरा बढिरहेको बताएका छन्। नेतृत्वमाथि भौतिक हमला भएको दिन देश ठप्प हुनुपर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कला लम्सालको नयाँ गीत ‘मायाको झल्को’ सार्वजनिक

काठमाडौं — फरक आवाजकी धनी तथा करिब १८ वर्षदेखि...

एमालेमाथि हमला भए त्यो दिन देश ठप्प हुनुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वमाथि...

तेस्रो पटक एमाले अध्यक्षका रुपमा ओलीले लिए शपथ (तस्वीरहरू)

तेस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा...

दोहोरी साँझ व्यवसायी अशोक गिरी समूहको कुटपिटबाट एक युवक गम्भीर घाइते

काठमाडौं - नेपाल प्रहरीका डिएसपीलाई सरुवा गराइदिने भन्दै धम्की...

यस्ता छन् एमाले अध्यक्षमा ‘ह्याट्रिक’ गरेका ओलीको राजनीतिक यात्रा

काठमाडौं - नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केपी शर्मा...

एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङको सर्वाधिक मत

काठमाडौं - नेकपा (एमाले)को उपाध्यक्ष पदमा पाँच जनाको टुंगो...

धेरै पढिएको