खसी बोकामा महामारीको अवस्था हेर्न महानगरबाट आजदेखि नमूना रगत संकलन र परीक्षण सुरु

काठमाडौं – दशैमा बिक्रीका लागि ल्याइएका खसी, बोका, भेडा, च्याङ्ग्रामा महामारी रोग छ कि छैन ? थाहा पाउन महानगरले आजबाट रगतको नमूना संकलन र परीक्षण थालेको छ । टुकुचामा खोटाङ्, नेपालगञ्ज, सिन्धपाल्चोक, काठमाडौंलगायत बिभिन्न जिल्लाबाट ल्याइएका खसी बोका र मनाङ्बाट ल्याइएको च्याङ्ग्राको रगत लिँदै महानगरको पशु सेवा महाशाखाका प्रमुख डा् अवधेश झाले रगत नमूना लिएर काम थालनी गर्नुभएको थियो ।

‘स्वच्छ मासु र पशुजन्य खाद्यबस्तुका लागि हामीले पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको नमूना संकलन र परीक्षण थालेका हौं ।’ नमूना लिँदै डा झा ले भन्नुभयो — ‘अहिले लिइएको रगतको नमूना खोरेत प्रयोगशाला र त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पठाएर एफएमडि (खोरेत), पिपिआरलगायत रोग परीक्षण गर्छौं । यसबाट कुन—कुन जिल्लाका पशुमा कस्ता—कस्ता खालका समस्या छन् । थाहा पाउन सकिन्छ ।’

यो कार्यक्रम एक पटक मात्र हो कि, नियमित चल्छ? प्रश्नको जवाफमा डा. झा भन्नुहुन्छ — ‘नमूना संकलन र परीक्षण हाम्रो स्वीकृत कार्यक्रम हो । यो नियमित हुन्छ । अहिले रगतको नमूना लिएका छौं । हामी मासु, अण्डा, दानालगायत पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको संकलन र परीक्षण गर्छौं ।’

नमूना संकलनका लागि महानगरले संघ सरकारअन्तर्गतको पशुसेवा बिभाग, प्रदेश सरकारअन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रसँग समन्वय गरेको छ ।

यससँगै चौपायाको स्वास्थ्य परीक्षण गरेर निरोगीको सिङ्मा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउँदै आएको छ ।

डा. झाका अनुसार आज नमूना लिइएको नमूनाको नतिजा आउन ४ दिन समय लाग्छ ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको