काठमाडौँ – अबदेखि सार्वजनिक सवारी साधनमा चैत ११ गतेअघिको भाडा लागू हुने भएको छ।
सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता पार्वत गुरुङले सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने र भाडा पनि चैत ११ गते पहिलाकै भाडामात्र लिन पाउने निर्णय भएको जानकारी गराएका हुन्।
यसअघि सरकारले आधा क्षमतामा यात्रु राख्न पाउने र भाडा ५० प्रतिशत बढी लिन पाउने निर्णय गरेको थियो।
