डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा डडेल्धुराका ६ सहित सुदुरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा अमरगढी नगरपालिकाकै ५जना रहेका छन् । पछिल्लो २४ घण्टामा ७३ नमुनाहरु परिक्षण भएको जसमध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोे र ६६ नमुना नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
डडेल्धुरा अस्पताल प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले डडेल्धुराका ६ जना, र बैतडीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मंगलवार अस्पतालले सार्वजनिक गरेको सुचना अनुसार डडेल्धुराको जिल्लाको अमरगढी नगरपालिका—५ का ४ जना,अमरगढी नगरपालिका—११ का १ जना र डडेल्धुराकै गन्यापधुरा गाउँपालिका—१ का १ जनामा कोरोना पुष्टि भएको छ । त्यसै गरी बैतडी जिल्लाको डिलासैनी गाउँपालिका—५का १ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचनामा उल्लेख गरीएको छ ।
