डम्बर निदाल
डडेल्धुरा – अमरगढी नगरपालिका अन्तरगतका दुई जना वडा अध्यक्षले असहायलाई सहयोग गरेका छन् ।
आफुले पाउने दशैं भत्ताले असहायको उपचारका लागी अमरगढी नगरपालिका–६ र ८ नं.का वडा अध्यक्षले सहयोग गरेका हुन । अमरगढी नगरपालीका–४ भलिया गाउँकी १७ बर्षिया किशोरी र अमरगढी—८का प्यारालाईसिसका बिरामी को उपचारका लागी वडा अध्यक्ष द्धयले नगद सहयोग गरेका हुन ।
रुख बाट लडेर घाईते भएकी किसोरी टिकेश्वरी दमाईको उपचारका लागी अध्यक्ष द्धय नरबहादुर साँकी र गोबिन्द भट्टले ६/६ हजार गरी १२ हजार सहयोग गरेका छन ।
मंगलबार उनको घरमै पुगी वडा अध्यक्ष द्धयले नगद रुपैया दिई सहयोग गरेका छन । आफुहरुले पाउने दशै भत्ता बाफतको रकमले उनको उपचारका लागी सहयोग गरेको अमरगढी नगरपालिका–८ का वडा अध्यक्ष नर बहादुर साँकीले बताए । किशोरी गत बैशाख २३ गते घांस काट्ने क्रममा रुख बाट लडेर घाईते भएकी थिईन ।
दुईवटै छोरीका लागी पैसा जम्मा गरेर उपचार गराउन अप्ठेरो भएको छ । घाईते दमाईको परिवार अहिले बिचल्लीमा छ । घाईते भएकी टिकेश्वरीको परिवारको अबस्था एकदम नाजुक रहेको र सहयोगी दाताहरु लाई सहयोग गरीदिन उनका परिवार जनले अनुरोध समेत गरेको छ । एकातिर बिवाह गरेकी छोरी लाई क्यान्सर भयो र उपचार नपाएर भरतपुर क्यान्सर अस्पताल बाट फिर्ता ल्याउनु परेको उनकि आमा बसन्ती देबी दमाईले बताईन् । साथै मनकारी जनप्रतिनिधिहरुले गरेको सहयोग वाट आफु लाई ठुलो सहयोग पुगेको उनको भनाई छ ।
यसैगरी वडा अध्यक्ष द्धय मंगलबार नै अमरगढी नगरपालीका–८ का प्यारालाईसिसका बिरामी धन बहादुर सार्कि लाई पनी ६÷६ हजार गरी १२ सहयोग गरेका छन ।
मनकारी जनप्रतिनिधि साँकी र भट्टले यस बाहेक पनि अन्य समस्यामा परेका नागरीकहरु लाई आर्थिक सहयोग गरिरहेका छन । बुधबार वडा नं ६का एक स्थानीय लाई पनि ६÷६ हजारका दरले दुई जना वडा अध्यक्षले सहयोग गर्ने वडा नं. ६ का अध्यक्ष भट्टले बताए ।