काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
बुधबार सुनको मूल्य ८ सयले बढेर तोलाको ९५ हजार ५ सयमा कायम भएको छ। अघिल्लो दिन सुन ९४ हजार ५ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १२ सय ४० प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा चाँदी ३० रुपैयाँले बढी हो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।