सडक छेउमा प्लाष्टिक भित्र गुजरा गरि रहेकालाई टेण्ड स्थापित गरी सहयोग गरे युवाले

डम्बर निदाल
डडेल्धुरा – सडक किनारमा प्लाष्टिक भित्र गुजरा गरिरहेका अपाङ्गता भएका छोरा र जेष्ठ नागरिक आमालाई डडेल्धुराका एक युवाले टेण्ड लगाई दिएका छन । जिल्लाको भित्रिमधेश जोगबुडा क्षेत्र आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको सिमानामा प्लाष्टिक बेरेर जिवन निर्वाह गरिरहेका लाई डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका—५का स्थानिय गणेश थापा मगरले टेण्ट लगाई सहयोग गरेका हुन् । नौ बर्ष पहिले भिर बाट लडेर अपाङ्ग भएका परशुराम नगरपालिका–१ का जय बहादुर बाग लाई उनि बस्ने ठाउँमै पुगि सहयोग गरेका छन् । भिर वाट लडेर अपाङ्ग भए पछि उनको साथी ह्लिचियर बनेको छ ।

उनले बसोवास गर्ने मालतोला गाउँ रंगुन खोला पारि छ । बुडर–जोगबुढा सडक क्षेत्रको आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको सिमाना नजिकको क्षेत्रमा यो गाउँ पर्छ । रंगुन खोला तर्न झोलुङ्गे पुल छ । ह्विचियरले साथ दिएका जय लाई घर जान सक्ने सम्भावना निकै कम छ ।
अपांङ्ग भए पछि उनका दाईले उनलाई पालन पोषण गर्न नसक्ने बताए पछि उनि अहिले सडक किनारमा छन । उनि संगै उनको रेखदेख गर्न साथमा ८५ बर्षिया आमा पनि छन ।

परशुराम नगरपालिकाको सिमा आरम्भ हुने स्थानमा पक्कि गेट छ । गेटको छेउमै कालो प्लाष्टिकले बेरेर सानो झुप्रो बनाईएको छ । त्यही झुप्रोमा जय बहादुर र उनकी बृद्धा आमा जशुदेविको वास हुन्थ्यो ।

त्यहि प्लाष्टिकको झुप्रो लाई अमरगढी नगरपालिका–५ खलङ्गाका स्थानिय गणेश थापा मगरको अगुवाईमा टेण्ड लगाईएको छ । उनले केही दिन अघि फेसबुकमा सहयोगका लागी भन्दै पोष्ट गरेका थिए । उनको सहयोगमा सयौ युवा जोडिएका छन । मगरले २४ घण्टा सम्म सहयोगका लागी अपिल गरेका थिए ।

फेसबुक स्टाटसका आधारमा विदेश बाट समेत रकम प्राप्त भए पछि टेण्ड बनाईएको उनले बताए । पहिलो चरणमा २८ हजारको टेण्ड संगै लत्ताकपडा र खाद्यान्न सहयोग गरिएको उनले बताए । साथै दोस्रो चरणको सहयोगका लागी तयारी गरीरहेको उनको भनाई छ ।

अपाङ्गता भएका बागका दाईले पालन पोषण गर्न नसक्ने भन्दै घर बाट निकालेको उनि बताउछन । घर बाट निकाले पछि परशुराम नगरपालिका–१२ को तुलाभाडीमा कोठा भाडमा लिएर बस्न थालेको र कोठा भाडा तिर्ने पैसा नभए पछि आज भोली परशुराम नगरपालिका र आलिताल गाउपालिकाको सिमा क्षेत्र सिस्ने खोलाको डिलमा प्लाष्टिक टाँगेर बसेको उनले बताए । सामाजिक सुरक्षा भत्ताको भरमा उनिहरु बाँचिरहेका छन ।

आमाले जेष्ठ नागरिक र जयले आपाङ्गता वाफतको सामाजिक सुरक्षा भत्ता पाउछन । त्यही भत्ताले साँझ बिहान खानका लागी चाँजोपाँजो मिलाउछन । यस्ता ब्यक्ति लाई सहयोग गर्न पाउदा आफुनिकै खुशि भएको र आगामी दिनमा पनि यस किसिमका सामाजिक क्रियाकलापमा आफनो प्रयास निरन्तर रहने उनले बताए ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको