काठमाडौँ – पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
बास्कोटाका अनुसार आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई लक्षण देखिएको छ।
दुवै छोराहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।
मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।
— Gokul Prasad Baskota (@GokulPBaskota) October 22, 2020