ऊर्जामन्त्रीको निर्देशन : दशैंका बेला विद्युत काटिने समस्या नआओस्

काठमाडौँ – ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दसैं पर्वका समयमा देशैभर विद्युत सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।

मन्त्री पुनले चाडपर्वका बेला अन्य समयमा भन्दा विद्युत खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत अनियमित हुन नदिन निर्देशन दिएका हुन्।

बिहीबार मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरी सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भार प्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बैठक गरी ग्राहकलाई नियमित विद्युत सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन्।

‘दसैंका बेला कहीं पनि विद्युत काटिने समस्या नआओस’, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भने, ‘मलाई विश्वास छ, ग्राहकबाट विद्युत प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गुनासो आउने छैन।’

प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टिम रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनको थियो। उनले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न आग्रह गरे।

‘जहाँ समस्या आउँछ, त्यहाँ तत्काल समाधान गराउनुहोस्’ निमित्त कार्यकारी निर्देशक कोइरालालाई मन्त्री पुनले भने, ‘त्यसका लागि सञ्चालक समितिबाटै नीतिगत निर्णय गर्नुपर्ने भए मलाई खबर गर्नूस्।’

 

सिफारिस

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ । निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको...

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

धेरै पढिएको