रात्रीकालीनको समयमा पनि हेर्न मिल्ने बन्दै आलि ताल

डम्बर निदाल
डडेल्धुरा -डडेल्धुरा जिल्लाको भित्रि मधेश आलि ताल गाउँपालिका स्थित पर्यटकीय गन्तव्य आलि ताललाई अब रातीको समयमा पनि अवलोकन गर्न सकिने भएको छ । गाउँपालिकाले सोलार बत्ती जडान गरेर आलि ताललाई रात्रीकालिन समयमा पनि सहजै अवलोकन गर्न सकिने बनाउन लागेको हो ।

तालको चारै तिर सोलार वत्ती जडान गरेर ताल क्षेत्रमै बस्न मिल्ने गरी सो क्षेत्रमा पर्यटन प्रवद्र्धनका पुर्वाधारहरु विकास गरिन लागेको आलिताल गाउँपालिकाले जनाएको छ । सोलार बत्तीका लागि चालु आर्थिक बर्षमा बजेट बिनियोजन गरिएको र चाँडै निर्माण कार्य थालिने आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

जिल्लाकै पर्यटकिय क्षेत्र मध्ये महत्वपुर्ण क्षेत्र आलितालको प्रचार प्रसारका साथै पर्यटकको आर्कषण वढाउने उद्देश्यले गाउँपालिकाले भौतिक पुर्वाधारको निर्माणलाई जोड दिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार सहित आफ्नै लगानीमा गाउँपालिकाले आलिताल क्षेत्रको विकासका लागि चालु आर्थिक बर्षमा उक्त क्षेत्रमा पर्यटकीय पुर्वाधार विकासका काम गर्ने भएको छ । आलिताल क्षेत्रमै क्याम्पिङ गरी रातीको समयमा समेत अवलोकन गर्न सकिने व्यवस्थापन गर्न लागिएको हो । आलिताल क्षेत्रमा यसबर्ष करिब १० वटा सोलार वत्ती जडान गर्ने काम सम्पन्न गरिने छ ।

आलिताललाई रातीको समयमा अवलोकनसंगै क्याम्पिङ र फायर साइड बनाइने योजना अघि सारेको अध्यक्ष गुरुङको भनाई छ । तालको छेउमा चिया, कफी सप, चिसो पेय पदार्थसंगै खाना र खाजाको प्रबन्ध गरिने र पर्यटकहरुलाई राती बस्नका लागी क्याम्पहरु स्थापना गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो र मनमोहक मानिने आलितालमा हाल डुंगामा ताल सयर गर्न सकिन्छ । तालको अवलोकनका लागि भ्यूटावर पनि निर्माण गरिएको छ ।

तालको चारैतिर पक्की फुटपाथ बनाइएको छ । ताल क्षेत्रमा साइकलिङ पनि गर्न सकिन्छ । यसअघि आलिताल क्षेत्रमा पिकनिक स्पटका लागी घरहरु निर्माण गरिएका थिए ।

आलिताल धनगढी–डडेल्धुरा भिमदत्त राजमार्गको मध्य भाग डोटीको बुडरबाट करिब १८ किलोमिटर पश्चिम तर्फ पर्छ । बुडर–जोगबुडा सडकको पनि मध्य भाग गोदाम बजारबाट अढाई किलोमिटरको दुरीमा रहेको आलिताल पर्यटकीय सम्भावना बोकेको गन्तब्य क्षेत्रका रुपमा रहेको छ ।

हाल बुडर–जोगबुडा सडक कालोपत्रेको चरणमा छ । अहिले आलिताल नजिकैका गाउँमा होम स्टेका योजनाहरु पनि सञ्चालन गरिएका छन । कोरोना भाईरसको संक्रमण फैलिनु भन्दा अगाडी आलीतालको अवलोकन गर्न दैनिक ४०–५० जना पुग्ने गरेका थिए । कोरोना संक्रमणका कारण आलिताल भ्रमण गर्नेहरुको संख्यामा कमि आएको छ ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको