काठमाडौं – काठमाडौं उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ८३२ जना, भक्तपुरका १०२ जना र ललितपुरका १७६ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा १३८४६ जनाको पिसिआर परीक्षण गरिएको छ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।

यस्तै नेपालमा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १५५२३३ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया