काठमाडौँ – नेपालमा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १५५२३३ पुगेको छ।

पछिल्लो अपडेट अनुसार ४६०५७ जना सक्रिय संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा १३८४६ जनाको कोरोना परिक्षण गरिएको छ।

त्यस्तै आजै थप २८४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो संगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १०८३३४ पुगेको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया