काठमाडौं – कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १३ जनाको मृत्यु भएको हो ।
शुक्रबार कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको थियो ।
गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।