२४ घण्टामा थपिए २८५६ जनामा कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए ?

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

कहाँ कति संक्रमित ?

काठमाडौं जिल्लामा १२२५, मोरङमा २५७, भक्तपुरमा १६३ र ललितपुरमा १४७, चितवनमा १३४, सुनसरीमा १२९, झापामा ११४ र नवलपरासी पूर्व १०६ जना संक्रमित भेटिएका छन् । त्यस्तै दाङमा ८४, मकवानपुरमा ६८, नुवाकोटमा ६०, कैलालीमा ५६, तनहुँमा २९, धादिङमा २७, रुपन्देहीमा २५ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार बागलुङमा २४, बाँकेमा २२ जना, सप्तरीमा १८, धनुषामा १३, उदयपुरमा १२, कञ्चनपुरमा ११, महोत्तरी, सिराहा र रसुवामा १०/१० जना, संखुवासभामा ९, इलाम र अछाममा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै धनकुटा, काभ्रे, गोरखा र लमजुङमा ६/६ जना, दैलेखमा ५ जना, सर्लाही, काभ्रेपलाञ्चोक, स्याङ्जा र कपिलवस्तुमा ४/४ जना, भोजपुर, रौतहट, बर्दिया र सल्यानमा ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।

दोलखा, सिन्धुली, म्याग्दी, अर्घाखाँची, पाल्पा र रोल्पामा २/२ जना र सोलुखुम्बु, बारा, रामेछाप, पर्वत, गुल्मी, रुकुम पूर्व, रुकुम पश्चिम र दार्चुलामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको