काभ्रे –  सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पत्रकार ‘श्री ५ नभएको’ टिप्पणी गरेका छन्। शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभामा मन्त्री बाँस्कोटाले पत्रकारलाई पनि कानुन लाग्ने बताए।

‘पत्रकारलाई कानुन नै नलाग्ने व्यवस्था कहीँ पनि छैन’, पत्रकारले मिडिया विधेयकको विरोध गरेको विषयमा टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘पत्रकारचाहिँ श्री ५ हो र ?

आफू पनि पत्रकारिता पृष्ठभूमिबाटै आएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले कुरा बुझेपछि पत्रकार महासंघले आन्दोलन फिर्ता फिर्ता लिएको बताए। महासंघले नेकपाको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले मिडिया काउन्सिल विधेयक संशोधन गर्ने लिखित प्रतिबद्धतापछि आन्दोलन स्थगित गरेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here