घरेलु हिंसाको विरुद्द बोल्नु शिल्पाको अपराध हो ?

-शिल्पा अधिकारी

काठमाडौं – सन् १८०० अघि श्रीमानले श्रीमती माथि कुटपिट गर्नु कानुनी रुपमा नै श्रीमानको अधिकार मानिन्थ्यो। तर यो सन् १८०० होइन , २१९ वर्ष पछि पनि किन अझै श्रीमान श्रीमतीलाई बस्तुको रुपमा हेर्छ ? उसलाई भात पकाइदिने वस्तु , उसको लुगा धोइदिने , उसको स्याहार गरिदिने बस्तु , उसको शारिरिक भोक मेटाउने वस्तु अनि रिस उठ्दा अन्धाधुन्द पिट्ने वस्तु ?

घरेलु हिंशा , धेरै महिलाका लागि नयाँ शब्द होइन , तर फेरी यो घर बाहिर बोल्ने बिषय पनि होइन। लोग्ने स्वास्नीको झगडा परालको आगो , ठाकठुक कसको पर्दैन , संगै बस्दा भाडो बज्छ , नानाथरी कुराले रोकिन्छ नारीको पाइला अनि फेरी सब सहन बाध्य बनाइन्छ… शिल्पा पोख्रेललाई पनि यस्तै भयो। आफु पिडित भएको कुरा बाहिर ल्याए सबैले आफैलाई पेल्छन जस्तो लाग्यो । हुन पनि फिल्मी करियर धरापमा पर्छ भनेर नम्र भएर सम्झाउने देखि धम्काउने भेटिन् उनले।

यी सब कुराको पर्बाह नगरी आफुमाथि भएको हिंशा विरुद्ध उजुरी गर्दा अझै उनी माथि औला तेर्साउनेको कमि रहेन। यसलाई सेलेब्रिटि फंडा भन्दा अरु केहि सोचिएन। शिल्पा पोख्रेल, हुन् सेलेब्रिटि तर त्यो भन्दा अगाडि एक नारी हैनन् र , मान्छे हैनन् र ,,, उनको पनि मन दुख्छ हैन र ? कत्तिले जानीजानी छवि ओझाको बिगत थाहा पाउँदा पाउदै बिहे गर्दा यस्तो हुनु नै थियो भने , कत्तिले सम्पति माथि आँखा लगाएको भने कत्तिले अहिले छविले फिल्म बनाएन अनि छोड्न लागेको भनेको समेत सुनियो …स्पस्टिकरण दिदै बस्नुपरेको छ उनले ।

सम्पतिको लागि होइन माया लागेर विवाह गरेको । विवाह अगाडि छवि जीको जस्तो मायालु व्यवहार थियो त्यहि देखेर विवाह गरेको । विवाह भएको एक महिनामा व्यवहार परिवर्तन भयो त के अब , विवाह भइहाल्यो भनेर सब सहने ? उनको प्रश्न । अनि एउटा नारीले ३ वर्षदेखि सहदै आएको पीडालाई हामीले कति सजिलै नाप तौल गरिदियौं । यदि चलचित्रका लागि मात्र हो भने विवाह गर्न पर्दैन थियो उनले आफ्नो बुवा भन्दा जेठो मानिस संग , यहाँ विवाह नगरी स्वार्थ पुरा गर्न बस्ने धेरै छन् , तर माया थियो साथ दिन चाहन्थिन् अनि त विवाह गरिन्।

अहिले डिभोर्सको प्रसङ्ग चलिरहेछ , केहिले छविसंग सम्पति नै नलिई डिभोर्स गरे बल्ल शिल्पा सत्य हो भनेर मान्छु भनेको समेत देखियो । अहिले पनि सिताले अग्नि परिक्षा दिनै पर्ने ? कानुनी रुपमा पाएको अधिकारको प्रयोग गर्ने कि नगर्ने ? शिल्पा पोख्रेलको केसमा पनि उनलाई अभिनेत्री मात्र नभई कसैकी छोरी , कसैकी दिदि बहिनी , एक नारी , एक मानिस हुन् भनेर सोच्ने कि ? उनको आँखाबाट आँसु त्यसै झरेन होला ।

समाजका विभिन्न तिर जस्तो घोच्ने प्रश्नको सामना गर्न तयार भएर , घरसंग लडेर आफुले माया गरेको मानिससंग राम्रा सपना सजाएर नै विवाह गरेकी थिइन् होला र अहिले पनि ,,, समाज अर्थात् तपाई हामीले उनको नियत उनको इज्जत माथि उठाएको प्रश्नलाई सहेरै न्याय माग्न तम्सिएकी छिन् । ति सम्पूर्ण घरेलु हिंशाले प्रताडित आवाजविहिनको आवाज़ बनेकी छिन्। यो समाजको विविध डर , त्रास , लान्छनाको वास्ता नगरी आफुमाथि भएको हिंसा बारे मात्र बोलेकी छैनन् उनी अन्य धेरैको आवाज बनेकी छिन् ।उनको यो आँट अनि आत्मसम्मानलाई सलुट !!

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको