काठमाडौँ – गायक सुरज कुमार थापाले ‘नौ डाँडा पारी’ बोल गीत सार्वजनिक गरेका छन् ।
गीतकार तथा कवि मंजुलद्वारा रचित र संगीतकार बिनोद स्याङदेनको संगीत रहेको यस गीतमा गायक सुरज कुमार थापाको स्वर तथा संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा गायक थापा र देवकी बोहराको अभिनय, फोटोग्राफी निर्देशनमा सरन महर्जन, धमेन महर्जनको छायांकन, निरू बस्नेतको मेकअप, शिबु श्रेष्ठको सम्पादन तथा सन्तोष बस्नेतको परिकल्पना र निर्देशन रहको छ।
