फेरि सुरु हुँदै ‘को बन्छ करोडपति’

५२ वटा एपिसोडसँगै नेपालको सर्वाधिक लोकप्रिय रियालिटी शो “को बन्छ करोडपती” फेरी सुरु हुने भएको छ।

एसआरविएन मिडियाका संचालक विपीन आचार्यले आफुहरुलाई दोस्रो सिजन चाँडै सुरु गर्न दर्शक तथा सुभेच्छुकबाट माग आएको बताए । उनले भने, “को बन्छ करोडपतीमा भाग लिन खोज्नेहरु निकै बढ्नुभएको रहेछ, हामिलाई निरन्तर कार्यक्रमका बारेमा चासो राख्ने बढेको देख्दा कार्यक्रम सफल भएको महशुस गरेका छौं ।”

एसआरविएन मिडियाकी क्रियटिभ डाइरेक्टर सुरक्षा अधिकारीले दर्शकहरुको माग अनुसार आफुहरुले दोस्रो सिजनको तयारी थालिएको जानकारी दिइन् । उनले अघिल्लो कार्यक्रमको सफलतापछि दोस्रो सिजन सुरु गर्न आफुहरु तयार भएपनि यो कार्यक्रमलाई थप आकर्षक गराउन मिहेनत गरिरहेको बताइन् ।

‘हु वान्ट्स टु बी अ मिलिनिअर्स’ को हिन्दी संस्करण कौन बनेगा करोडपति नेपाली दर्शकबिच समेत उत्तिकै चर्चित थियो र अहिलेपनि उत्तिकै लोकप्रिय छ । त्यसैको नेपाली संस्करण हो ‘को बन्छ करोडपति’ । हिन्दि संस्करण भारतका महानायक अमिताभ बच्चनले चलाएका थिए । नेपाली संस्करण नेपालका महानायक राजेश हमालले चलाएका थिए ।

यो शो सर्वाधिक चर्चा र लोकप्रिय हुनुको कारण अहिले सम्मकै सर्वाधिक धेरै राशिको पुरस्कार भएकाले पनि हो । यो शो भन्दा धेरै राशिको पुरस्कार प्रदान गर्ने अहिलेसम्म अन्य कुनैपनि नेपाली टेलिभिजन कार्यक्रम आएको छैन । यसअघि कौन बनेगा करोडपतिबाट प्रभावित हुँदै ‘नगद पाँच लाख’ नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । त्यसलाई चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले संचालन गरेका थिए । तर, प्रतियोगीलाई पुरस्कार रकम दिन नसकेको भन्दै अदालतमा मुद्दासमेत परेको थियो । यसलाई मदनकृष्णले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन् ।

एपी वान टेलिभिजनबाट प्रशारण भएको ‘को बन्छ करोडपती’ एसआरविएन मिडियाले नेपाल भित्राएको हो । अन्तराष्ट्रिय फ्रेन्चाइज भएपनि नेपाली फ्लेबर दिएको आयोजकले दोस्रो संस्करण थप भब्य बनाउने तयारी थालिसकेको जनाएको छ । यद्यपी केहि महिनासम्म तयारी थालेपछि मात्रै शो सुरु हुने संचालकमध्येकी एक सुरक्षा अधिकारीले बताइन् ।

सन् १९९८ मा डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभन नाइटले सुरु गरेको ‘हु वान्ट्स टु बी अ मिलिनिअर्स’ को फ्रेन्चाइज भित्राउने नेपाल १ सय ६१ औं देश हो । ‘केबीसी नेपाल’ कार्यक्रममा लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी र फोन अ फ्रेन्ड अप्सन थिए । पहिलो संस्करणमा राजिव जैनले १ करोड जितेर पहिलो करोडपति बनेका थिए ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको