फेरि सुरु हुँदै ‘को बन्छ करोडपति’

५२ वटा एपिसोडसँगै नेपालको सर्वाधिक लोकप्रिय रियालिटी शो “को बन्छ करोडपती” फेरी सुरु हुने भएको छ।

एसआरविएन मिडियाका संचालक विपीन आचार्यले आफुहरुलाई दोस्रो सिजन चाँडै सुरु गर्न दर्शक तथा सुभेच्छुकबाट माग आएको बताए । उनले भने, “को बन्छ करोडपतीमा भाग लिन खोज्नेहरु निकै बढ्नुभएको रहेछ, हामिलाई निरन्तर कार्यक्रमका बारेमा चासो राख्ने बढेको देख्दा कार्यक्रम सफल भएको महशुस गरेका छौं ।”

एसआरविएन मिडियाकी क्रियटिभ डाइरेक्टर सुरक्षा अधिकारीले दर्शकहरुको माग अनुसार आफुहरुले दोस्रो सिजनको तयारी थालिएको जानकारी दिइन् । उनले अघिल्लो कार्यक्रमको सफलतापछि दोस्रो सिजन सुरु गर्न आफुहरु तयार भएपनि यो कार्यक्रमलाई थप आकर्षक गराउन मिहेनत गरिरहेको बताइन् ।

‘हु वान्ट्स टु बी अ मिलिनिअर्स’ को हिन्दी संस्करण कौन बनेगा करोडपति नेपाली दर्शकबिच समेत उत्तिकै चर्चित थियो र अहिलेपनि उत्तिकै लोकप्रिय छ । त्यसैको नेपाली संस्करण हो ‘को बन्छ करोडपति’ । हिन्दि संस्करण भारतका महानायक अमिताभ बच्चनले चलाएका थिए । नेपाली संस्करण नेपालका महानायक राजेश हमालले चलाएका थिए ।

यो शो सर्वाधिक चर्चा र लोकप्रिय हुनुको कारण अहिले सम्मकै सर्वाधिक धेरै राशिको पुरस्कार भएकाले पनि हो । यो शो भन्दा धेरै राशिको पुरस्कार प्रदान गर्ने अहिलेसम्म अन्य कुनैपनि नेपाली टेलिभिजन कार्यक्रम आएको छैन । यसअघि कौन बनेगा करोडपतिबाट प्रभावित हुँदै ‘नगद पाँच लाख’ नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । त्यसलाई चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले संचालन गरेका थिए । तर, प्रतियोगीलाई पुरस्कार रकम दिन नसकेको भन्दै अदालतमा मुद्दासमेत परेको थियो । यसलाई मदनकृष्णले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन् ।

एपी वान टेलिभिजनबाट प्रशारण भएको ‘को बन्छ करोडपती’ एसआरविएन मिडियाले नेपाल भित्राएको हो । अन्तराष्ट्रिय फ्रेन्चाइज भएपनि नेपाली फ्लेबर दिएको आयोजकले दोस्रो संस्करण थप भब्य बनाउने तयारी थालिसकेको जनाएको छ । यद्यपी केहि महिनासम्म तयारी थालेपछि मात्रै शो सुरु हुने संचालकमध्येकी एक सुरक्षा अधिकारीले बताइन् ।

सन् १९९८ मा डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभन नाइटले सुरु गरेको ‘हु वान्ट्स टु बी अ मिलिनिअर्स’ को फ्रेन्चाइज भित्राउने नेपाल १ सय ६१ औं देश हो । ‘केबीसी नेपाल’ कार्यक्रममा लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी र फोन अ फ्रेन्ड अप्सन थिए । पहिलो संस्करणमा राजिव जैनले १ करोड जितेर पहिलो करोडपति बनेका थिए ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको