मधेशका डुवान बारे भारतलाई दोष लगाउने हैन कूटनीतिक पहल गर्ने हो : देउवा

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गरेर गौर लगायत मधेशका बस्ती डुबान हुनबाट रोक्नुपर्ने बताएका छन्।

नेपालले भारतलाई र भारतले नेपाललाई दोष दिँदा बस्तीहरू वर्षेनी डुबानमा परेको भन्दै देउवाले कूटनीतिक पहलबाटै डुबानको स्थायी समाधान खोज्नुपर्ने बताए।

प्रतिनिधिसभा संसदको बुधबारको बैठकमा बोल्दै देउवाले भने, ‘भारतसँग कूटनीतिक पहल गरेर डुबानको स्थायी समाधान खोज्नुपर्‍यो। हामी एक भएर समस्याको समाधान खोज्न लाग्नुपर्छ, यहाँ राजनीतिक गर्ने कुरै छैन।’

तराईमा बस्तीहरू डुबानमा परेको र पहाडमा पहिरोले जनधनको क्षति भए पनि सरकार गम्भीर नभएको देउवाको भनाइ छ।

‘सरकारलाई कुनै मतलब नै छैन। हेलिकप्टरबाट घुमेरमात्रै हुन्छ? हेलिकप्टरबाट मात्रै उद्धार हुन्छ?,’ उनले प्रश्न गरे, ‘डुबान पीडितलाई भेट्न केन्द्र सरकारमात्र होइन स्थानीय सरकार पनि पुगेको छैन।’

डुबान पीडितले त्रिपाल, खाद्यान्नसमेत नपाएको भन्दै देउवाले सरकारको ध्यानाकर्षण गराएका छन्।

अविरल वर्षापछि प्रदेश २ का विभिन्न जिल्लाको स्थलगत अवलोकन गरी देउवा हालै काठमाडौं फर्केका थिए।

उनले सीमामा बाँध बाधेकोजस्ता समस्याको समाधान कूटनीतिक तवरबाट मात्रै हुने बताए।

‘सरकारले कूटनीतिक पहल गर्नुपर्‍यो। हामी त एउटा पार्टी हो हामीले भनेर मात्रै कहाँ हुन्छ?,’ उनले भने, ‘मैले यो घटनालाई गम्भीरतापूर्वक लिएको छु। सरकारले कूटनीतिक पहल गरोस्।’

बाढी प्रभावित क्षेत्रमा रेडक्रस, विभिन्न संघसंस्थाले राहत वितरण गरे पनि सरकारको उपस्थिति कमजोर रहेको उनको भनाइ छ।

बाढी पीडितलाई अप्ठ्यारो पर्दा सरकार तात्नुपर्ने भए पनि मतलब नै नगरेको देउवाले आरोप लगाए।

‘डुबान क्षेत्रमा स्थानीय सरकार पनि पुगेको छैन। राज्यले जनताको सेवा गर्ने हो केही पनि छैन। पाल पनि दिएको छैन। खाद्यान्न डुबेर खत्तम भइसकेको छ,’ देउवाले भने, ‘भयावह स्थिति छ सरकारले ध्यान दिएको छैन सहयोग गरेको छैन।’

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको